बलात्कारी समात्न विशेष टोली परिचालन

0
60

विमला गुप्ता, वीरगंज, १८ असोज/
बाराको सुवर्ण गाउँपालिका–५ औरैयामा भएको बलात्कारको घटनामा दोषीलाई पक्राउ गर्न अहिले विशेष टोली परिचालन गरिएको छ ।
यही असोज १ गते १२ वर्षीय बालिकाको बलात्कारको घटनामा जनप्रतिनिधि तथा गाउँकै अगुवाहरूको मिलेमतोमा घटना ढाकछोप गर्ने चलखेल शुरू भएपछि असोज ३ गते जाहेरी दर्ता भएको थियो । जाहेरी दर्तापछि अभियुक्त शिवपूजन यादव फरार छन् ।
फरार अभियुक्तको खोजतलाशका लागि विशेष टोली खटाइएको बाराका प्रहरी उपरीक्षक कृष्णकुमार पङ्गेनीले बताए । उनले पीडित बालिकाकी आमा बुबाले बलात्कार जस्तो अपराधका घटनामा पनि प्रहरीकहाँ आउन वडाध्यक्ष रामएकबाल साहसँग सिफारिश माग गरेकाले दुई दिन ढिलो उजूरी दर्ता भएको प्रस्ट्याए । ढिलो गरी जाहेरी दर्ता भएकोले अभियुक्त फरार हुने मौका पाएको प्रउ पङ्गेनीको भनाइ छ । उनले कुनै पनि अपराधका घटनाका लागि प्रहरीसमक्ष आउन सकिने र त्यसको लागि सिफारिश आवश्यक नहुने बताए । उनले अहिलेसम्म मानिसमा चेतनाको कमी रहेको र प्रहरीले पनि यसबारेमा जनतालाई विश्वस्त पार्न नसकेको कमजोरी औंल्याए । उनले जघन्य अपराधबारे प्रहरीमा सहज उजूरी गर्न आउन सुझाए । उजूरीमा ढिला हुँदा अभियुक्तहरू खुला सीमाको फाइदा उठाएर भारत पस्न सक्ने र अनुसन्धान लम्बिने खतरा निम्तने बताए । उनले बलात्कारका अभियुक्तलाई चाँडो समाउनेतर्पm इमानदार प्रयास भएको र चाँडै समातिने आश्वासन दिएका छन् ।
यसका साथै पीडित पक्ष प्रहरीसमक्ष उजूरी गर्न गएपछि उनीहरूलाई डर, धाक, धम्की आउन थालेको छ । यो कुरालाई पनि दृष्टिगत गरेर बारा प्रहरीले घटना भएको गाउँमा विशेष सुरक्षा टोली परिचालन गरेको प्रउ पङ्गेनीले बताए । बारा जिल्लामा एकपछि अर्को बलात्कारका घटना भइरहेका छन् । त्यसमध्ये केहीमा प्रहरीले अभियुक्तलाई पक्राउ गरी कानूनी सजाय दिलाउन सकेको छ भने केही घटना अहिले पनि अनुसन्धानकै क्रममा छ । औरैयाको बलात्कार घटनालाई जनप्रतिनिधिबाटै पीडितलाई विभिन्न प्रलोभनमा पारेर लुकाउने काम भएको छ । एकजना वडाध्यक्ष यो घटनामा नराम्ररी बदनाम भएका छन् । प्रउ पङ्गेनीले घटनाका दोषी कोही पनि नउम्कने प्रतिबद्धता जाहेर गर्छन् । उनले बलात्कार जस्तो जघन्य घटना गर्ने र त्यसलाई प्रसय दिने गरी पीडित पक्षलाई दबाब, धम्की दिने सबैजना कानूनको कठघरामा ल्याइने बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्