प्रनि सिंहको बिदाइ

0
50

प्रस, पोखरिया, १८ असोज/
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहको बिदाइ भएको छ ।
प्रहरी निरीक्षकहरूको हालै सरुवा भएपछि उनी पनि सोही सूचीमा परेका हुन् । पर्सा जिल्लाका इलाका प्रहरी र वडा प्रहरी कार्यालयमा कार्यरत प्रायः सबैजना प्रहरी निरीक्षकको सरुवा भएको छ । उनीहरूको बिदाइ प्रायः सामुदायिक सेवा केन्द्रहरूले मात्र गरेको छ । तर पोखरियामा प्रनि सिंहको बिदाइ सबै तहबाट गरिएको छ । संविधानसभा सदस्यद्वय प्रद्युम्न चौहान, रामेश्वर रौनियार, नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, नेविसङ्घ पोखरियाका नगर अध्यक्ष सन्तोष महतो, पोखरिया युवा समाजका नौशाद आलम, ब्रिलियन्ट युवा क्लबका छठुसाह तेली, आकाश एफएमका अनुप तिवारी, धर्मेन्द्र चौरसियासँगै नेपाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष केसी लामिछानेको सहभागितामा विभिन्न क्लब, सङ्घसंस्थाहरूले छुट्टाछुट्टै कार्यक्रम गरी प्रनि सिंहको बिदाइ भव्यरूपमा गरेका थिए ।
इलाका प्रहरी कार्यालय पोखरियामा काम गर्दाको अवधिमा उनले सबैसँग सहकार्य गरेर असल प्रहरीको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी नराखेकाले उनको सबैले स्वस्पूmर्तरूपमा बिदाइ गरेका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्