पर्सामा दुई महीनामा १३ सय फर्म दर्ता

0
59

 प्रस, वीरगंज, १८ असोज/
    वीरगंजमा लकडाउन, निषेधाज्ञाको समयमा पनि नयाँ फर्म दर्ता धमाधम भइरहेको छ ।
    आन्तरिक राजस्व कार्यालय वीरगंजमा चालू आवको साउन र भदौ महीनामा १ हजार ३ सय ६ वटा नयाँ फर्म थपिएका छन् । अर्थात् १३ सय नयाँ करदाता थपिएको कार्यालयका सूचना अधिकारी हृदयनारायण महतोले जानकारी गराए । चालू आवको साउन र भदौमा मूल्य अभिवृद्धि करतर्फ ५२, डब्लु प्यान (सरकारी कार्यालय) तर्फ ६२, अन्तःशुल्कतर्फ ९, आयकरतर्फ १४५, व्यक्तिगत प्यानकार्डतर्फ १ हजार ३८ गरी १३ सय ६ जना नयाँ करदाता थपिएका छन् ।
    गत आवको असार मसान्तमा पर्सामा मूअकतर्फ ९ हजार २ सय ९०, डब्लु प्यानतर्फ १३६, अन्तःशुल्कतर्फ १ हजार ४ सय ४, आयकतर्फ ३१ हजार ३ सय ५१ र व्यक्तिगत प्यानतर्फ ४८ हजार ७ सय ७९ जना करदाता थिए । त्यसैगरी,  २०७६/०७७ आवमा १६ सय ९३ जना करदाताले आफ्नो फर्म बन्द गराएको उनले जानकारी गराए । गत आवको १२ महीनामा मूअकतर्फ १ हजार ४०, आयकरतर्फ ६५३ जना करदाताले व्यवसायमा घाटा लागेर फर्म बन्द गरेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्