शौचालयको साँचो हस्तान्तरण

110


प्रस, वीरगंज, १७ असोज/
    वीरगंज महानगर–१९ विन्ध्यवासिनी मन्दिरमा नवनिर्मित शौचालय हस्तान्तरण गरिएको छ।
    प्रदेशसभा सदस्य भीमा यादवले मन्दिरका पुजारी पुरुषोत्तमदेव उपाध्यायलाई शौचालयको साँचो हस्तान्तरण गरेकी हुन्। प्रदेशसभा सदस्य यादवको संसदीय विकास कोषबाट रु ५ लाखको लागतमा शौचालय निर्माण गरिएको हो। मन्दिरमा आउने भक्तजनहरूलाई सहज होस् भनेर शौचालय निर्माण गरिएको प्रदेशसभा सदस्य यादवले बताइन्।
    कार्यक्रममा जसपाका नेता रामनरेश यादव, तबरेज अहमद, मिनी सिंह, अमित यादव, उपेन्द्र रायलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्