मन्दिर र मस्जिदमा सफाइ

99


प्रस, वीरगंज, १७ असोज/
    सामुदायिक सेवा केन्द्र मीनाबजार वीरगंजले मन्दिर र मस्जिदमा सफाइ गरेको छ। शनिवार बिहान वीरगंज–६ माईस्थानस्थित गहवामाई मन्दिर वरिपरि र सोही वडा मदिना जामे मस्जिद वरिपरि सरसफाइ गरिएको सामुदायिक सेवा केन्द्र मीनाबजारका सचिव ग्यासुमियाँ देवानले बताए।
    सरसफाइ कार्यक्रम केन्द्रका अध्यक्ष विदुर गुप्ताको अध्यक्षता तथा प्रनाउ मनोजीत कुँवरको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा वडाध्यक्ष धु्रव नेपाल, गहवामाई युवा क्लब, स्प्रिट युवा क्लब र टाइगर क्लबका पदाधिकारी सदस्यहरूलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्