पोखरियामा दुई दिने आँखा शिविर शुरू

0
55


प्रस, पोखरिया, १७ असोज/
    वनकटवा युवा समाज पोखरिया नगरपालिका–१ को आयोजना तथा माट्रिका आई फाउन्डेशनको सहयोगमा पोखरियामा दुई दिने आँखा शिविर शुरू भएको छ।
    जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरियामा आयोजित आँखा शिविर उद्घाटन समारोहमा संविधानसभा सदस्य प्रद्युम्न चौहान, जसपाका नेता निजामुद्दीन समानी, नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष केसी लामिछाने, शाखा उपाध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
    शनिवार ३२६ जनाको आँखा परीक्षण गरेको र १८० जनामा मोतीबिन्दु देखिएको फाउन्डेशनका संयोजक महेशसिंह धामीले बताए। शिविरमा समता साह, मनोज कुमार, मुकेश कुमारले आँखा जाँचमा सहयोग पु–याएका थिए। आइतवारसम्म चल्ने शिविरमा मोतीबिन्दु देखिएकाहरूको असोज १९ गते सोमवारदेखि दैनिक २० जनाको शल्यक्रिया हुने संयोजक धामीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्