पटेर्वासुगौलीको गाउँ परिषद् सम्पन्न

0
30


प्रमोद यादव, पंचगावाँ, १७ असोज/
    पटेर्वासुगौली गाउँपालिकाको पाँचौं गाउँपरिषद् सम्पन्न भएको छ। गापा कार्यालयमा शुक्रवार आयोजित परिषद्मा उपाध्यक्ष ममता महतोले चालू आवको रु २१ करोड ९ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्।
    उनले विनियोजित बजेट कार्यालय सञ्चालन, कृषि, वित्तीय, जलस्रोत, सिंचाइ, वन, पशुपक्षी विकासका योजनामा खर्चिने बताइन्। यसैगरी, यातायात पूर्वाधार निर्माण, भवन आवास तथा शहरी विकास, ऊर्जा, युवा तथा खेलकूद, खानेपानी तथा सरसफाइ, भाषा तथा संस्कृति, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक विकासमा खर्च हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए।
    गापा अध्यक्ष हरिनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष्F माधव राउत थारू, राजेश्वर महतो, मोतीलाल साह, फरमान मियाँ, विजय गैरेलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले स्वागत गरेका थिए।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्