काठसहित दुईजना पक्राउ

0
49


प्रस, बिरुवागुठी, १७ असोज/
    पर्सा राष्ट्रिय वनबाट रूख कटान गरी सालको काँचो गोलिया काठ तस्करी गरी ल्याउने क्रममा वन गस्ती टोलीले तीन थान गोलियासहित दुईजनालाई पक्राउ गरेको छ।
    सबडिभिजन वन कार्यालय बडनिहारका सुबेदार रामाशिषराउत कुर्मीको नेतृत्वको टोलीले पर्सागढी नगरपालिका–२ गोडपसराबाट एक थान सालको गोलिया साइकलमा ल्याउँदै गरेको अवस्थामा सोही वडाका बागवन्ना निवासी ३२ वर्षीय ब्रह्मदेव माझी र ३० वर्षीय गजेन्द्र माझीलाई पक्राउ गरेको हो।
    त्यसैगरी, शुक्रवार राति बडनिहारको टोलीले दुई थान सालको गोलिया र साइकल बरामद गरेको छ। बागवन्ना नजीकबाट बरामद गरेको साइकल, काठ र त्यसअघि बरामद काठ तथा मानिसलाई आवश्यक कारबाईको लागि सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको जमदार अर्जुन चौधरीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्