अभूतपर्व समस्या र अभिनव समाधान

0
64

    जसैजसै वर्तमान शताब्दी युवावस्थातिर अग्रसर भइरहेको छ, त्यसैत्यसै मानवताका सम्मुख नयाँ–नयाँ चुनौती देखा पर्न थालेका छन्। आफ्नो जीवनको व्यस्ततम दौडधूपले गर्दा हामीलाई यी परिवर्तनहरूको अनुभूति भइरहेको छैन, यो अलग कुरा हो, तर जुन तीव्रताले परिस्थितिहरूमा परिवर्तन देखा परिरहेको छ, त्यस अवस्थामा आउने दिनमा मानवताका सामुन्ने नयाँ चुनौती उपस्थित हुनु अवश्यम्भावी देखिएको छ। यदि यी समस्याहरूबारे गम्भीरतापूर्वक चिन्तन नगर्ने हो भने समस्या यति विकराल बन्नेछ कि मानिसले कुनै समाधान खोज्न सक्नेछैन।
    ती कुन समस्या हुन्, जसले मानवतालाई चुनौती दिनेछन् भन्ने कुरा जान्नु पहिले के सोच्नु आवश्यक छ भने हाम्रो पहिलेको पीढीको सामुन्ने उसको अस्तित्वको विषयमा कस्ता यक्ष्F प्रश्न थिए, जसले उसलाई सदा भयभीत र आशङ्कित तुल्याएको थियो। इतिहासको पानामा दृष्टि पु–याउने हो भने सम्पूर्ण मानवतालाई आतङ्कित पार्ने समस्याहरूमध्ये प्रमुख समस्याको रूपमा
भोकमरी, अकाल, महामारी र युद्धको नाम लिन सकिन्छ। पुस्तौंपुस्ता प्रत्येक देश, धर्म, सम्प्रदायका मानिसका ऐतिहासिक ग्रन्थ यसै तथ्यतिर सङ्केत गर्दछन् कि जनसमुदायले यिनलाई दैवीय प्रकोपको रूपमा चिन्दथे, जसबाट मुक्ति पाउनु असम्भव लाग्दथ्यो।
    अकाल वा भोकमरीकै उदाहरण लिने हो भने करीब सय वर्ष पहिलेसम्म अकालको अवस्थामा लाखौं मानिस कालको गाँस बन्नु एउटा सामान्य घटना थियो। एउटा सानो चूक, व्यापारमा नोक्सान, प्राकृतिक आपदा, लूटमारजस्ता घटना हुँदा पनि व्यक्ति वा परिवार नै भोकभोकै मर्ने अवस्था सिर्जना हुन्थ्यो। उत्पादनका संसाधन सीमित थिए, यातायात सुस्त तथा कष्टप्रद थियो तथा सरकारी एवं शासकीय सहायता नगण्य थियो। जब युरोपमा भयङ्कर अकाल परेको थियो, तब त्यहाँकी महारानी मेरी एन्टिनिएटको कुख्यात भनाइ आज पनि स्मरण गरिन्छ– यदि मानिससँग खानका लागि रोटी छैन भने केक किन खाँदैनन् ? यस्ता शासक भएपछि प्रजाले दुःख पाउनु र मर्नुबाहेक अर्को कुन भवितव्य रोज्न सक्छ ?
    सन् १६९४ मा फ्रान्समा अकाल परेको थियो, त्यसको विवरण एकजना जनरलले, जो त्यस बेला व्यूवोन शहरमा नियुक्त थिए, आफ्नो डायरीमा यसरी लेखेका थिए– भोकमरीले गर्दा मानिसको यस्तो अवस्था थियो कि मानिसहरू भोक मेट्न कुकुर–बिरालो र घोडासम्म मारेर खान थाले। केही मानिस एकअर्काको बैरी भएर नरभक्ष्Fी बनेका थिए। त्यस अवधिमा, सन् १६९२ देखि १६९४ को मध्यसम्म, फ्रान्समा मात्रै २८ लाख मानिसको मृत्यु भएको थियो। त्यस बेला फ्रान्सका राजा लुई चतुर्थ, आफ्नी पत्नीका साथ स्पेनमा मोजमज्जामा मस्त थिए। त्यसपछिको वर्ष, सन् १६९५ मा एस्टोनियामा फैलिएको अकालले त्यहाँको जनसङ्ख्या एक चौथाइमा समेटिदिएको थियो। १६९५ र १६९८ मा स्काटल्यान्डमा र सन् १६९६ मा फिनल्यान्डमा आएको अकालले पनि ती देशहरूमा यस्तै अवस्था देखाएको थियो।
    उपरोक्त इतिहास उद्धृत गर्नुको अर्थ के हो भने वर्तमान शताब्दीमा चुनौतीहरूको रूप फेरिएको छ। आज दुनियाँका धेरै मुलुक अकालको समस्याबाट पीडित छैनन्। आज कसैको नोकरी गयो, कुनै दुर्घटनामा उसको सर्वस्व गुम्यो भने सरकारी वा गैरसरकारी सङ्गठनहरूको सहायता, संयुक्त राष्ट्रसङ्घलगायत युनिसेफ, रेडक्रसजस्ता अनेकौं राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहयोगका लागि हतारिंदै आइपुग्छन्। मानिस एक वा दुई दिन आजीविकाविना रहला तर यस्तो कुनै सम्भावना छैन कि समग्र देश वा महाद्वीप अकाल वा भोकमरीको परिस्थितिसँग जुधिरहनुपरोस्। यस दृष्टिले आजको समय पूर्ववर्ती परिस्थितिको तुलनामा कम चुनौतीपूर्ण छ। दुर्भाग्यवश आजको समस्या भोकमरी कम र मोटोपन बढी छ। सन् १९१४ मा विश्वभर मोटोपनले ग्रसित मानिसको सङ्ख्या २१ करोड थियो, जबकि कुपोषणका शिकार मानिसको सङ्ख्या ८ करोड पनि थिएन। शोधबाट प्राप्त तथ्याङ्कका अनुसार सन् २०३० सम्म विश्वको आधाभन्दा बढी जनसङ्ख्या यति मोटो हुनेछ कि तीमध्ये ८० प्रतिशत मानिसले हृदयरोगको पीडा भोग्नुपर्नेछ। सन् २०१० मा भोकमरी र कुपोषणले मर्ने मानिसको सङ्ख्या ८ लाख थियो भने मोटोपनजन्य रोगले मर्ने मानिसको सङ्ख्या ३० लाख थियो। यसबाट स्पष्ट हुन्छ कि यस शताब्दीको चुनौतीको रूप फेरिएको छ।
    यसै क्रममा एउटा अर्को उदाहरण महामारीहरूको पनि लिन सकिन्छ। सन् १३३० मा फैलिएको प्लेगको प्रकोप, जसलाई इतिहासकारहरूले ब्लैक डेथ पनि भनेका छन्– युरोपमा ६.५ करोडदेखि २० करोड आबादीलाई पूर्णतया नष्ट गरेको थियो। यो सम्पूर्ण युरेशियाको एक चौथाइ आबादी थियो। एक्लो इङ्गल्यान्डको जनसङ्ख्या यस प्लेगले गर्दा आधा हुन पुगेको थियो। यसै प्रकार सन् १५२० मा मेक्सिकोमा फैलिएको दादुराले त्यहाँको आधा आबादीलाई सखाप पारिदिएको थियो। स्थानीय बासिन्दाले यसलाई विभिन्न देवताको प्रकोप मानेर तिनको पूजा गरिरहे, तर १० वर्षसम्म फैलिएको यस रोगले मेक्सिकोको जनसङ्ख्या २२ लाखबाट घटेर २ लाखमा सीमित हुन पुग्यो।
    यस्तै घटना हवाईमा ‘फ्लु’को प्रकोपले हुन पुग्यो। यो क्रम प्रथम र द्वितीय विश्वयुद्धसम्म यसैगरी चलिरह्यो। प्रथम विश्वयुद्धमा मर्ने मानिसको सङ्ख्या ४ करोड थियो भने ‘स्पेनिश फ्लु’बाट ५ करोडदेखि १० करोड मानिसको मृत्यु भएको थियो। यो त मात्र एउटा महामारीबाट भएको क्ष्Fतिको आँकडा हो। यस्ता सबै महामारीबाट भएका क्ष्Fतिको गणना गर्ने हो भने यी महामारीहरूले कस्तो भयावहता सिर्जना गर्दा रहेछन्, सहजै अनुमान लगाउन सकिन्छ। यद्यपि आज परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ। जसैजसै चिकित्सा क्षेत्रमा प्रगति भएको छ, खोपको गुणस्तरीयतामा वृद्धि भएको छ, एन्टिबायोटिकलगायत अन्य औषधिहरूको खोज भएको छ, स्वच्छताप्रति मानिसको दृष्टिकोणमा सकारात्मक धारणाको विकास भएको छ, त्यसैत्यसै महामारीबाट, महामारीको प्रकोपबाट मानव सुरक्ष्Fित भएको छ र उसको आयु पनि बढेको छ।
    यिनै प्रयासहरूको फलस्वरूप सन् १९७५ मा विश्व स्वास्थ्य सङ्गठन दादुरा उन्मूलन भएको घोषणा गर्न सफल भयो। यद्यपि सार्स भाइरस, बर्ड फ्लु, इबोला, स्वाइन फ्लु, डेंगुजस्ता चुनौती हाम्रासामु उपस्थित नै छन्। र यसमा अहिले कोरोना कोभिड–१९ थपिन आएको छ, जसको अहिलेसम्म कुनै उपचार फेला परेको छैन र सन् २०१९ को डिसेम्बरमा चीनबाट फैलिएको यस महामारीको त्रासमा १० लाखभन्दा बढी मानिसको क्ष्Fति बेहोरेर अहिले विश्व बाँचिरहेको छ। महामारीले अझ कति क्ष्Fति गर्ने हो स्पष्ट कसैले बताउन सकेको छैन। बितेका दिनमा देखा परेका यी रोगहरूमा स्पेनिश फ्लुको तुलना कसैसँग गर्न सकिन्न। त्यसैले चाँडै नै कोभिड–१९ को कुनै उपचार फेला पर्ला भन्ने विश्वास सहज गर्न सकिन्छ। तर नबुझिंदो समस्या अर्कै छ। अब मृत्यु महामारीका कारण त्यति होइन, मुटुरोग, क्यान्सर, मधुमेह, हाइपर टेन्सनका कारण बढी भइरहेको तथ्यमा ध्यान दिन जरुरी छ। किनकि यी बिमारीहरूको सामान्य कारण त्यो हो, जुन जीवनचर्या अथवा जीवन बाँच्ने विकृत शैलीबाट उत्पन्न हुन्छ। यस शताब्दीमा हामीले यी दानवसँग सावधान हुनु आवश्यक छ।
    तेस्रो समस्या जुन हाम्रा पूर्वजहरूले झेले, त्यो युद्ध तथा विग्रहको थियो। लामो समयसम्म धरतीमा बाहुबलीहरूको, जसको लाठी उसको भैंसी भन्ने सिद्धान्तको वर्चस्व रह्यो। यद्यपि दोस्रो विश्वयुद्धपछि मानवीय चुनौतीमा पनि रोकथाम लागेजस्तो छ। आजभन्दा सय वर्ष पहिले युद्ध र त्यसका समानान्तर विभीषिका विश्वको १५ प्रतिशत मृत्युका कारण थिए, त्यसको प्रतिशत आज ०.५ प्रतिशतमा समेटिन पुगेको छ। यसविपरीत आज अपराधको सङ्ख्या बढेको छ। सन् २०१२ मा युद्धबाट भएको मृत्यु सङ्ख्या १२०० थियो भने अपराधबाट भएको हत्याले ५० हजारको सङ्ख्या नाघेको थियो। यसभन्दा पनि बढी ८० हजार मानिसको मृत्यु आत्महत्याका कारण भएको थियो र मधुमेहबाट मर्नेको सङ्ख्या १५ लाख थियो। आजको परिस्थितिमा चिनी बारुदभन्दा बढी खतरनाक बनेको छ।
    यी तथ्यहरूबाट के स्पष्ट हुन्छ भने वर्तमान सदीको चुनौती, विगत इतिहासको चुनौतीभन्दा पूर्णतया भिन्न छ। आज मानवीय समस्या बाह्य परिस्थितिका कारण कम र आन्तरिक परिस्थितिका कारण बढी छ। यस्तोमा तिनको समाधान आत्मिकस्तरमा गरिने प्रयासबाट नै सम्भव छ। आहार, विहार र आचरणको शुद्धि जसलाई आन्तरिक कायाकल्प मानिएको छ, त्यसलाई अँगालेर नै यी समस्याको समग्र र सटीक समाधान सम्भव हुन सक्दछ। यी नयाँ समस्याहरूको त्यही अभिनव समाधान हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्