साहिब दरबारलाई एम्बुलेन्स प्राप्त

0
38


प्रस, वीरगंज, १६ असोज/
    गाँधी जयन्तीको अवसरमा नेपालस्थित भारतीय राजदूतावास काठमाडौंले वीरगंजको साहिब दरबार सेवा संस्थानलाई एम्बुलेन्स उपलब्ध गराएको छ।
    राजदूतावासको कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूत विजयमोहन क्वात्राले संस्थानका अध्यक्ष राजेशमान सिंहलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए। सामाजिक सेवामा प्रतिबद्ध रहेको बेला दूतावासले एम्बुलेन्स उपलब्ध गराएर थप ऊर्जा प्रदान गरेको अध्यक्ष सिंहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्