शिक्षकहरूलाई तीन दिने खोज तालीम

68


प्रस, वीरगंज, १६ असोज/
    दिव्य युवा क्लब बिरञ्चीबर्वाको आयोजनामा सुरक्षित सिकाइ परियोजना कार्यक्रम अन्तर्गत शिक्षकहरूको लागि तीन दिने प्रशंसनीय खोज तालीम शुक्रवारदेखि वीरगंजमा शुरू भएको छ।
    तालीमको उद्घाटन गर्दै वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सिकाइका धेरै तालीम हुने गरेको तर व्यवहारमा लागू नभएको दुःखेसो पोखे। उनले सिकेका सीपलाई व्यवहारमा कार्यान्वयन गर्दा तालीमको उपयोगिता सिद्ध हुने भन्दै सीपलाई खेर नफाल्न सुझाव दिए।
    उनले शिक्षा प्रदान गर्ने कुरामा अभिभावकभन्दा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने हुनाले तालीमप्राप्त शिक्षकहरूलाई आफ्नो सीप विद्यार्थीहरूमा निखार्न आग्रह गरे। नगरप्रमुख सरावगीले शिक्षकहरूको लापरवाहीको कारण पर्सा जिल्लामा शिक्षाको गुणस्तर उकास्न नसकिएको बताए। शिक्षामा सरकारले अर्बौं लगानी गर्दा पनि सोको प्रतिफल नआएको कारण शिक्षकहरू दोषी भएको आरोप लगाए।
    क्लबका निर्देशक रामाकान्त पटेलको सभापतित्वमा शुरू भएको तीन दिने तालीममा १० वटा विद्यालयका २० जना शिक्षक सहभागी छन्।
    उनीहरूलाई विजय मिश्रले प्रशिक्षण दिइरहेको कार्यक्रम संयोजक गणेश ठकुरीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्