विद्यार्थीहरूको घरदैंलोमा पुगी शिक्षा प्रदान

0
61

बलिराम शुक्ला, बिरुवागुठी, १६ असोज/
    सखुवाप्रसौनी गाउँपालिका–१ खजुरिया सथवलस्थित नेरामाविले वैकल्पिक माध्यमबाट विद्यार्थीहरूलाई सिकाइ सहजीकरण शुरू गरेको छ।
    कोरोना महामारीको कारण ६ महीनादेखि बन्द रहेको पठनपाठन नेपाल सरकार, शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक शिक्षा प्रणाली विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ बमोजिम विद्यालयका शिक्षक/शिक्षिकाहरू विद्यार्थीहरूको घरदैंलोमा गई कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई सिकाइ सहजीकरण शुरू गरेको प्रधानाध्यापक भागवतप्रसाद चौधरीले बताए।
    घरमा पढ्ने वातावरण नभएको कारण विद्यार्थीहरूको पढाइमा गम्भीर असर परेकोले शिक्षक/शिक्षिकाहरू विद्यार्थीकै घरदैंलोमा गई सिकाइ सहजीकरणको माध्यमबाट शिक्षा दिएको प्रअ चौधरीले बताए।
    सो विद्यालयमा ७ सय ५० विद्यार्थी र १८ जना शिक्षक/शिक्षिका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्