लघुकथाः अन्तर्वार्ता

0
44

–ऋषि तिवारी ‘लखन्तरे’
    स्टुडियोमा छु। रेडियो वाचकको साथमा छु। उहाँले नै अन्तर्वार्ताको लागि निमन्त्रण दिनुभएको थियो। आसीन छु रेडियो स्टुडियोमा।
    वाचकः  सर्वप्रथम यहाँलाई हाम्रो यस रेडियो स्टुडियोमा पाल्नुभई हाम्रो गरिमालाई उच्च मनोबल प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
    मः धन्यवाद छ। सम्पूर्ण रेडियो परिवार टीम। साथै यो रेडियो स्टुडियोको प्रथमपटक निमन्त्रणलाई सहर्ष स्वीकार गरी आज यस स्टुडियोमा आफ्नो आवाज सुनाउन पाउँदा ज्यादै खुशी छु।
    वाचकः काम के मा गर्नुहुन्छ ? अर्थात जागीर कस्तो छ ? कुन समयमा साहित्य फुर्नुहुन्छ ? अर्थात् साहित्य कसरी लेख्न थाल्नुभो ?
    मः जागीर ठीकै छ। आजसम्म मान्छेलाई केले पुगेको छ र ? म त्यस्तो पात्र हुँ। आफू सन्तुष्टि त सबै सन्तुष्ट। साहित्य विधा कसरी लेखें भने, व्यथा हुन्छ आफ्नो पनि। समाजभित्र पनि हुन्छन्, नकारात्मक परिदृश्यहरू। आफ्नै घरआँगनमा पनि हुन्छन्, रचनाका फूलहरू। बस त्यसलाई कुनै असर नगरी टिप्न सक्नु नै साहित्यिक विधा जस्तो लाग्छ।
    वाचकः ओहो ! मीठो। जागीर खाँदैछु भन्नुहुन्छ। कुन समयमा लेख्न भ्याउनुहुन्छ ? जागीर खाँदै भएपनि साहित्यको लक्ष्यमा पुग्न सकिन्छ ?
    मः हेर्नुस्। समय १२ घण्टाको हुन्छ। दिन र रात गरी २४ घण्टा। अफिसको पनि समय हुन्छ। समय तोकेको हुन्छ। कामको बेला काम गर्नैपर्छ।
    वाचकः तपाईं यसरी साहित्य विधामा कलम चलाउँदै गर्दा कति खुशी हुनुहुन्छ ?
    मः मलाई लाग्छ। मैले चलाएको साहित्यिक विधाको कलम सबैले रुचाएका छन्। म सबैले बुझ्ने सरल भाषा प्रयोग गर्छु।
    वाचकः घरबाट कतिको समय पाउनुभएको छ ? लेखरचनाको लागि ?
    मः घरमा पनि उही त समय। पत्नीलाई एक फेरो बिहानीको समयमा सघाउँछु। त्यसपछि उनले आफैं भन्छिन्–  “जानुस् के के गर्ने गर्नुस्। फेरि अफिस जान ढिला होला।” उनलाई पनि थाहा छ। म साहित्यको बाटोमा लागिरहेको छु भन्ने। यो मेरोलागि खुशीको कुरो हो।
    वाचकः हवस् त अब आजलाई यति छोटो भलाकुसारी। आउँदा दिनहरूले यहाँको साहित्यिक विधा अझ सुदृढ हुँदै आओस्। हामी सम्पूर्ण रेडियो पारिवारिक टीमबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
    मः धन्यवाद।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्