पढ्ने हाम्रो काम

109

– सुहाना गुप्ता
उज्यालो भयो उज्यालो, अनि लाग्यो घाम
राम्रा–राम्रा ज्ञानका कुरा सिक्ने हाम्रो काम
दाइभाइ सबैजना मिली पढ्न जान्छौं
आआफ्नो झोलाभित्र किताब बोकी लान्छौं
        राम्रा अक्षर लेख्ने हाम्रो ठूलो धोको
        आफू पढ्ने विद्यालयलाई माया गर्छौं चोखो
        विद्यालयको फूलबारीमा रोप्छौं हामी फूल
        फूलसित खेल्ने पुतलीको हुल
ज्ञान दिने गुरुलाई गर्नुपर्छ माया
कमजोर साथीको बन्नुपर्छ छाया
फूलजस्तै राम्रो बन्ने इच्छा राख्छौं हामी
असल र ज्ञानीगुणी बन्छौं सधैं हामी।
कक्षाः ६, गौतम माध्यमिक विद्यालय

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्