तीन जिल्लाका ३३ जना सङ्क्रमित

0
43

प्रस, वीरगंज, १६ असोज/
    पर्सा, बारा र सिराहाका गरी ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा बिहीवार राति पिसिआर परीक्ष्Fणबाट ९ जना महिला, २४ जना पुरुष गरी ३३ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।
    पर्साका २३, बाराका ९ र सिराहाका एकजना सङ्क्रमित थपिएको उनले बताए। पर्साको कालिकामाई गाउँपालिकामा १३ जना, सखुवाप्रसौनी गापामा ३ जना, धोबिनी गापामा १ जना तथा वीरगंज महानगरपालिकामा ६ जना सङ्क्रमित थपिएका छन्।
    यसैगरी, जिल्ला प्रहरी कार्यालय, बारामा २ जना, कोल्हवी, निजगढ, महागढीमाई र सिम्रौनगढ नगरपालिकामा १/१ जना, पचरौता र बारागढी गापामा १/१ जना सङ्क्रमण पुष्टि भएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्