ड्राइपोर्टमा नयाँ सञ्चालक कम्पनीको काममा तीव्रता

0
50

प्रस, परवानीपुर, १६ असोज/
    श्रीसिया सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्न आगामी ५ वर्षको लागि प्रिन्सटाइन भ्याली ड्राइपोर्ट प्रालिले ठेक्का लिएको छ। गत साउन २२ गतेदेखि उक्त कम्पनीले सेवा पनि दिन थालेको छ।
    भारत, दिल्लीको प्रिन्सटाइन र काठमाडौंको भ्याली लजिस्टिक मिलेर ५ वर्षको लागि ३ अर्ब ३३ करोड रुपैयाँमा ठेक्का लिएका हुन्। प्रिन्सटाइन भारतमा लजिस्किट व्यवसायमा उदीयमान कम्पनी हो। पछिल्लो ५ वर्ष ७९ करोड रुपैयाँमा मात्र ठेक्का लागेको ३ लाख ८० हजार वर्गमिटर क्षेत्रफलको बन्दरगाह  सञ्चालन गर्न अहिलेसम्मको बढी मूल्यमा ठेक्का लागेपछि व्यवसायीलाई महँगो शुल्क तथा भाडा तिर्नुपरेको छ भने पहिलेभन्दा सञ्चालनको क्रममा दिइनुपर्र्ने सेवालाई पनि नयाँ कम्पनीले प्रभावकारी बनाउँदै लगेको ठेकेदार कम्पनीले दाबी गरेको छ।
    प्रिन्सटाइन भ्याली ड्राइपोर्ट प्रालिका प्रमुख स्ट्रेटेजी अफिसर आदित्य रोयका अनुसार पहिलेभन्दा हाल यार्डमा कन्टेनर लोडिङ अनलोडिड्ढो कामलाई सहज बनाइएको बताए। “अहिले सबै कन्टेनर लेयर मिलाएर चक्लाबन्दीमा राखिएका छन्, कुन व्यवसायीको माल कहिले आयो, कहाँ छ भन्ने कुरा सहजै थाहा पाइन्छ,” उनले भने, “हामीले १५ वर्षको यार्ड स्लोटिड्ढो अनुभव सँगालेका छौं, चाँडै एउटा सफ्टवेयर पनि ल्याउँदै छौं, जसबाट घर बसेर व्यवसायीले आफ्नो सामान तथा कन्टेनरको मोबाइलबाट ट्र्याकिङ गर्न सक्नेछन्।”
    ठेकेदार कम्पनीले अढाई महीना सेवा दिइसकेको छ। मासिकरूपमा पहिले ११० वटा रेल सामान लिएर आउँथ्यो भने अहिले मासिक ७० वटा रेलमा सामान आइरहेको र सहजै सामान ह्यान्डलिड्ढो काम भइरहेको उनले बताए। अहिले विशाखापटनमबाट ६५ प्रतिशत र ३५ प्रतिशत सामान कोलकाताबाट आइरहेको उनले जानकारी गराए। पहिलेभन्दा २ गुणा तीव्र सामान ह्यान्डलिङ भइरहेको उनको दाबी छ। उक्त कम्पनीले आगामी दिनमा यार्ड विस्तार गर्नुपर्ने र कम्तीमा दुईवटा रेलवे ट्र्याक पनि सरकारले थप्नुपर्ने सुझाव दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्