छाडा चौपायाले पर्सागढीमा समस्या

0
41

प्रस, पर्सागढी, १६ असोज/
    पर्सागढी नगरपालिकामा व्यावसायिक गाईपालन गर्नेहरूले जर्सी गाई पाल्ने तर बाछालाई भने स्याहारसुसार नगरेको कारण समस्या हुने गरेको छ।
    व्यावसायिक गाईपालन गर्नेहरू बढी दूध दिने जर्सी गाई पालनतर्फ आकर्षित भएका छन्। पर्सागढी नगरपालिकामा जर्सी गाई पाल्नेहरूको सङ्ख्या बढ्दै छ। तर त्यससँगै जर्सी गाईका बाछाले गर्दा समस्या पनि भइरहेको छ।
    वीरगंज महानगरपालिकामा समेत जर्सी गाईपालकहरूले बाछालाई दूध खाउन्जेलसम्म पाल्ने र त्यसपछि छाडिदिने गरेका कारण पर्सागढीसमेतमा समस्या बढेको हो। अहिले नगरपालिकाका विभिन्न स्थानमा छाडा जर्सी गाईका बाछाहरूले समस्या उत्पन्न गरेको वीरगंज–२८ बगहीका उमेश साहले बताए। उनले वीमनपा र पर्सागढी नगरपालिकाका व्यवसायीहरूको कारण छाडा बाछाले समस्या बढाएको बताए। छाडा बाछाहरूले किसानहरूको खेत चर्ने, सडकमा बसेर दुर्घटना बढाउनेजस्ता काम गरिरहेको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्