पुस्तक वितरण

0
65


प्रस, सिम्रौनगढ, १५ असोज/
    निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले प्रकाशन गरेको समृद्धिको मार्ग–२०७७ नामक पुस्तक वितरण गरेको छ।
    सिम्रौनगढ नगरपालिका–६ मा रहेको संस्थाको कार्यालयमा नगरपालिकाका लेखा अधिकृत सोमेन्द्र चौधरी, वडाध्यक्ष शङ्करसाह कानू र ऋणी सुगन्धी देवीलाई संस्थाको क्षेत्रीय कार्यालय वीरगंजका कार्यक्रम अधिकृत राधेश्याम सहनीले पुस्तक हस्तान्तरण गरेका हुन्।
    निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको देशभरि ७७ जिल्लामा १८१ वटा शाखा रहेको र ती शाखामा १/१ जना ग्राहकको सफलताको कथा पुस्तकमा समेटिएको छ। सातवटै प्रदेशका १/१ जना सफल ग्राहकलाई रु ३० हजार नगद, कदरपत्रसहित प्रत्येक वर्ष सम्मानित गर्दै आएको सिम्रौनगढका प्रमुख हसमुद्दीन मियाँले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्