२१ जना सङ्क्रमित पुष्टि

0
58

प्रस, वीरगंज, १४ असोज/
    पर्सा, बारा, मकवानपुर र रामेछापका गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    नारायणी अस्पतालको प्रयोगशालामा पिसिआरबाट १९२ जना र जिन एक्सपर्टबाट ६ जनाको परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
    बारामा पिसिआरबाट ५ र जिन एक्सपर्टबाट २ जना गरी ७ जना, मकवानपुर, रामेछापका १/१ जना र वीरगंज महानगरपालिकाका ७ जना तथा ठेगाना यकीन नभएका ५ जना गरी २१ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्