हात्तीले धानबालीमा क्षति पु–यायो

0
49

प्रस, ठोरी, १३ असोज/
    पर्साको ठोरी गाउँपालिकामा सोमवार राति जङ्गली हात्तीले धानबालीमा क्षति पु–याएको छ।
    चितवन राष्ट्रिय निकुञ्जबाट गएराति हात्तीहरूले ठोरी गापा–३, बुद्धनगरका जोगिन्द्र राम रविदासले थुपारेको धानबाली खानुका साथै नष्ट गरेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए। रविदासले १५ कट्ठा खेतमा लगाएको धान काटेर थुपारेका थिए। धान झार्नका लागि थुपारेको ठाउँमा नै हात्तीको बथान पसेर नोक्सान गरेको अध्यक्ष बस्नेतले बताए। त्यस्तै, हात्तीले ठोरी गापा–२ इच्छानगरका किसानहरूको धानबालीमा क्षति गरेको छ। किसानले भित्र्याउने तयारी गरेको धानबालीमा जङ्गली हात्तीले क्षति पु–याएको अध्यक्ष बस्नेतले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्