भारतीयलाई बसपार्कबाट पिसिआर रिपोर्ट जारी

0
74

प्रस, वीरगंज, १३ असोज/
    वीरगंज बसपार्कमा भारतीय यात्रीहरूलाई गलत तरीकाबाट पिसिआर रिपोर्ट उपलब्ध गराइँदै आएको तथ्य खुलेको छ।
    सार्वजनिक यातायात सञ्चालनसँगै भारतीय यात्रीहरूको हकमा पिसिआर अनिवार्य गरिएकोमा अहिले वीरगंज बसपार्कमा कार्यरत कर्मचारीहरूले गलत ढङ्गबाट पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ।
    वीरगंजमा पिसिआर परीक्षण नारायणी अस्पतालमा मात्र गरिन्छ। तर यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नक्कली पिसिआर रिपोर्ट थोरै पैसा लिएर उपलब्ध गराउने गरेको एकजना यात्रीले बताए।
    असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायातमा भारतीयहरूलाई अनिवार्यरूपमा पिसिआर रिपोर्ट हुनुपर्ने र नेपालीको हकमा नागरिकता लिएर यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ।
    वीरगंजबाट अहिले दैनिक काठमाडौं, पोखरा, नारायणगढ जाने बसमा ८० प्रतिशत यात्री भारतीय हुने गरेको पाइएको छ।
    वीरगंजबाट जाने यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नै नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउँछन्। नारायणी अस्पतालले भारतीयहरूको पिसिआर परीक्ष्Fण जिल्ला प्रशासन कार्यालयको आदेशमा रोकिएको बताएको छ। अस्पतालमा पिसिआर परीक्ष्Fण नभएको अवस्थामा भारतीय यात्रीहरूलाई रिपोर्ट उपलब्ध हुनुले गलत ढङ्गबाट पिसिआर जारी भइरहेको तथ्य उजागर भएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्