स्थानीयद्वारा जनता सडकको मरम्मत र सफाइ

172


प्रस, बिरुवागुठी, १२ असोज/
    पर्सागढी नगरपालिका–३ सुन्दरटोलदेखि पारस पटेलचोकसम्मको जनता सडकको दायाँ/बायाँ उम्रिएका झारपात स्थानीयले सफाइ गरेका छन्।
    वडासदस्य अरुणप्रकाश रेग्मीको अगुवाइमा स्थानीयवासीले सफाइ गरेका हुन्। सडकको दायाँ/बायाँ झारपात उम्रेर सवारी आवागमनमा कठिनाइ भएको र दुर्घटनाको सम्भावना भएको हुनाले झारपात सफाइ गरिएको वडासदस्य रेग्मीले बताए।
    यसैबीच, सोही सडकखण्डमा निर्मित कालोपत्र सडक बिग्रन थालेपछि स्थानीयले मरम्मत सम्भार गरेका छन्। पर्सागढी नगरपालिका–३ अन्तर्गतको जनता सडकको चार स्थानमा ठूल्ठूला खाल्डो भएपछि स्थानीय सुनील तिमल्सिना, उत्तम गुरुङले आर्थिक सहयोग गरेर जेसिबीबाट माटो पुर्न लगाएका हुन्।
    सम्बन्धित निकायले सडक मरम्मतमा ध्यान नदिएपछि युवकद्वयले रु १० हजार खर्च गरेर सडक मरम्मत गरेको सुनील तिमल्सिनाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्