पर्सागढीको दुईवटै एम्बुलेन्स ग्यारेजमा थन्कियो

0
53

प्रस, पर्सागढी, १२ असोज/
    पर्सागढी नगरपालिकामा रहेको दुईवटा एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको छ।
    बिग्रिएका एम्बुलेन्स मरम्मतको लागि वीरगंजस्थित न्यू दुर्गा मोटर रिपेयरिङमा राखिएको छ तर नगरपालिकाको आदेश नभएको कारण अहिले मरम्मत सम्भार भएको छैन। शुरूमा एउटा एम्बुलेन्स बिग्रेर तीन दिनसम्म जनता सडकमा बेवारिस थियो। पत्रिकामा समाचार प्रकाशित भएपछि एम्बुलेन्सलाई ग्यारेजसम्म लगियो। तर मरम्मत गरिएन। अहिले दोस्रो एम्बुलेन्स पनि बिग्रेर सोही ग्यारेजमा राखिएको छ तर पनि मरम्मत सम्भार गरिएको छैन।
    ग्यारेजका सञ्चालक सञ्जय कुमारले नगरपालिकाबाट आदेश नभएकोले मरम्मतको काम अगाडि नबढेको बताए।
    कोरोना सङ्क्रमण महामारीको बेला नगरपालिकाका दुईवटै एम्बुलेन्स थन्किएको र सोको मरम्मत सम्भारमा नपाले चासो नदिंदा स्थानीयले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले एम्बुलेन्स चाँडै मरम्मत सम्भार गरी सञ्चालनमा ल्याउन माग गरे।
    पर्सागढी नगरपालिकाले कोरोना सङ्क्रमितको लागि निश्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्