भर्चुअल माध्यमबाट वक्तृत्वकला प्रतियोगिता

0
32

प्रस, पोखरिया, ११ असोज/
    आसमान नेपालको आयोजना र डिएफआइडी र भिएसओ नेपालको सहयोगमा आइतवार भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
    सामाजिक दिवसको अवसरमा आत्महत्या रोक्न बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पर्सा जिल्लाका १२ वटा सामुदायिक विद्यालयका १२ जना छात्रछात्रा सहभागी थिए। प्रतियोगितामा नेरामावि बर्वाछोटैलीका उमेश मण्डल प्रथम, जनता मावि पकडिया बडनिहारका दीपाकुमारी द्वितीय र शारदा मावि बहुअरी सुगौलीका प्रतापसिंह राजपूत तृतीय भएका थिए।
    पर्सा जिल्लामा आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएपछि बालबालिकाहरूमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आसमान नेपालका जिल्ला संयोजक मुनीलाल बैठाले        बताए।
    कार्यक्रममा आसमान नेपालकी आस्था सुवेदी, सुजाता चौबे, चन्द्रावती असलामी, रीता साह, धर्मेन्द्र चौरसियाले निर्णायकको भूमिकामा थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्