फुटपाथमा राखिएका मोटरसाइकल कारबाईमा

0
34


प्रस, वीरगंज, ११ असोज/
    ट्राफिक प्रहरी कार्यालय, पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा आइतवार आदर्शनगर क्ष्Fेत्रको फुटपाथमा राखिएका मोटरसाइकलहरूलाई कारबाई गरिएको छ।
    सडकमा पार्किङ निर्धारण गरेको क्षेत्रमा नराखेर फुटपाथमा मोटरसाइकल राखेका पचासजनालाई कारबाई गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए।
    यसैगरी, आदर्शनगर चोकदेखि कैलाश होटलसम्म फुटपाथमा राखेका मोटरसाइकलधनीहरूलाई आज चेतावनी दिइएको उनले बताए।
    सो स्थानमा दुईतर्फी सवारीसाधन चल्ने हुँदा पार्किङ निषेध गरिएको अवस्थामा फुटपाथमा मोटरसाइकल राखिएकाले आज चेतावनी दिइएको र भोलिदेखि कारबाई गरिने अध्यक्ष खेतानले बताए।
    कार्यक्रममा ट्राफिक प्रहरी निरीक्ष्Fक कमलराज पण्डित, प्रनानि सूर्यबहादुर थापामगर, वीरेन्द्र साहलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्