पर्सा, बारा, रौतहटमा १७ जना सङ्क्रमित

66

प्रस, वीरगंज, ११ असोज/
पर्सा, बारा र रौतहटमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नारायणी अस्पताल प्रयोगशालामा १९२ जनाको स्वाब नमूनाको पिसिआर परीक्षण गर्दा १७ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
बाराका ३, रौतहटका १ र पर्सा जिल्लाका १३ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा दुईजना, विन्दवासिनी गाउँपालिकामा तीनजना र वीरगंज महानगरका विभिन्न वडामा आठजना गरी पर्सामा १३ जना सङ्क्रमित भएको बताइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्