भित्ता फोडेर मोबाइल पसलमा चोरी

0
21

प्रस, पंचगावाँ, ९ असोज/
सखुवाप्रसौनी गाउँपालिका–२ पंचगावाँमा रहेको मनीष मोबाइल सेन्टरमा बिहीवार राति चोरी भएको छ ।
लगातारको वर्षाको कारण बिजुली नभएको बेला चोरहरूले मौका छोपी मोबाइलपसलमा चोरी गरेका हुन् । भित्ता फोडेर पसलमा रहेको रिचार्ज, घडी, मोबाइल गरी अढाई लाख मूल्यबराबरको चोरी भएको पसल सञ्चालक मनीष साहले बताए ।
बिहान स्थानीयले पसलको भित्ता फोडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले चोरीको उजूरी परेको र अनुसन्धान शुरू भएको बताएको
छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्