पर्सा, बारा र सर्लाहीका सत्रजना सङ्क्रमित थप

64

प्रस, वीरगंज, ९ असोज/
पर्सा, बारा र सर्लाहीका गरी पिसिआर र जिन एक्सपर्ट परीक्षण विधिबाट सत्रजनामा कोरोना
सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए ।
शुक्रवार नारायणी अस्पतालको प्रयोगशालाले पिसिआर विधिबाट पर्साका १४ र बाराका एकजनामा सङ्क्रमण पुष्टि भएको र जिन एक्सपर्ट विधिबाट पर्सा र सर्लाहीका १/१ जना गरी कुल १७ जना सङ्क्रमित पुष्टि भएको उनले बताए ।
वीरगंज वडा नं ६, १४, १५, १६ र २६ मा एक/एकजना, वडा नं १० मा दुईजना र वडा नं २९ मा तीनजना तथा छिपहरमाई गापामा एकजना सङ्क्रमित पुष्टि भएका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्