तामाङ मृत फेला, हत्याको आशङ्का

0
14

प्रस, पंचगावाँ, ९ असोज/
पटेर्वासुगौली गाउँपालिका–२ मकवानीटोलमा रहेको शिवम् ह्याचरीमा कार्यरत एकजना श्रमिक शुक्रवार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली घर भई एक वर्षदेखि शिवम् ह्याचरीमा काम गर्दै आएका २० वर्षीय विक्रम तामाङ मृत फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले बताए । तामाङ मकवानीटोलमा आफन्तको घरमा बस्दै आएका र असोज ३ गते ह्याचरीमा काम गर्न गएपछि नफर्केको भनेर उनका आफन्तले रङ्गपुर प्रहरी चौकीमा रिपोर्ट लेखाएका थिए ।
आज बिहान मकवानीटोल र फरघटीको जङ्गलसोतामा उनी मृत फेला परेका हुन् । जङ्गलसोतामा घास काट्न गएकाहरूले बिहान साढे ११ बजेतिर दुर्गन्ध महसूस गरी हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शव तामाड्ढो भएको आफन्तजनले पुष्टि गरेको बतायो ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको इप्रका पटेर्वासुगौलीका प्रनि चोरवारले बताए । प्रारम्भिक अनुसन्धानमा तामाड्ढो हत्या भएको प्रहरीले आशङ्का गरेको छ । शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्