डा केसीको समर्थनमा प्रदर्शन

0
17

प्रस, वीरगंज, ९ असोज/
डा गोविन्द केसीको समर्थनमा नेपाली विद्यार्थी सङ्घ पर्साले वीरगंजमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
घण्टाघरमा आयोजित प्रदर्शनमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेका पर्साका उपाध्यक्षद्वय दीनाप्रसाद गुप्ता, प्रकाश उपाध्याय, सचिव श्याम पटेल, सहसचिव रोशन लामिछाने, सदस्यहरू धमेन्द्र पटेल, बैकुण्ठ श्रीवास्तवलगायतको सहभागिता थियो ।
सहभागीहरूले दूरी बनाएर प्लेकार्डसहित सरकारविरुद्ध डा केसीको समर्थनमा प्रदर्शन गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्