ट्रकसहित १६ थान भैंसी बरामद

0
17

प्रस, पंचगावाँ, ९ असोज/
वीरगंज महानगरपालिका–२६ सुगौलीबिर्ताबाट सशस्त्र प्रहरीले १६ वटा भैंसी नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्लाको भिस्वाबाट सीमापारि भारतबाट भिœयाइएको भैंसीलाई ना.२ख ९६८४ नम्बरको ट्रकमा लोड गरेर बाराको जीतपुर लैजाने क्रममा सशस्त्र प्रहरीले ट्रकसहित भैंसीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक ईश्वर अधिकारीले बताए ।
सशस्त्र प्रहरी बिओपी अलौंको टोलीले सूचनाको आधारमा आज ट्रक र लोड गरिएको भैंसीलाई नियन्त्रणमा लिएको तर सशस्त्रको चेकजाँच भइरहेको देखेर चालक र सहचालक सडकमा ट्रक छाडेर भागेको सप्रनि अधिकारीले बताए ।
बरामद ट्रक र भैंसी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय चलान गरेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्