वीरगंज नाकाबाट आयातमा वृद्धि लक्ष्य नपुगे पनि राजस्व सङ्कलन बढ्यो

73

राधेश्याम पटेल, परवानीपुर, ८ असोज/
कोरोना महामारीका बीच दशैं–तिहार नजिकिंदै जाँदा मालवस्तु भिœयाउने क्रम बढेको छ ।
कोरोना सङ्कटको कारण सात महीनासम्म आयात–निर्यात न्यून भएको वीरगंज नाकाका दुई भन्सारबाट मालवस्तु भिœयाउने क्रम बढेको छ । लकडाउन खुकुलो र स्वरूपमा परिवर्तन भएसँगै उद्योग–व्यापार खुल्न थालेका छन् । व्यवसायमा शुभ सङ्केत देखिन थालेपछि उद्योगी–व्यवसायीहरूले मालसामान मगाउन थालेको वीरगंज भन्सारका एक अधिकारीले बताए ।
साउनसम्म दैनिक मुश्किलले २–३ सय गाडी भित्रिने वीरगंज भन्सार नाकाबाट अहिले दैनिक ६ गाडीको जाँचपास हुन थालेको छ । यो नाकाबाट कोरोनाअघि दैनिक ८ सयदेखि १ हजारसम्म गाडी भित्रिन्थ्यो । विशेषगरी औद्योगिक कच्चा पदार्थ, ट्रेडिड्ढा सामान, इन्धन, चिनी, मल, गेंडागुडी र सोयाबिनको कच्चा तेललगायत आयात हुने गरेको भन्सार अधिकारीले बताए ।
वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार साउनभन्दा भदौ महीनामा बढी मालसामान आयात हुँदा राजस्व सङ्कलनमा पनि सकारात्मक वृद्धि देखिएको बताए । अहिले दशैं–तिहार लक्षित मालसामानको आयातमा वृद्धि भएको छ । साउनभन्दा भदौमा राजस्व सङ्कलन पनि बढी भएको उनले बताए । वीरगंज भन्सारले भदौमा रु १२ अर्ब १० करोड राजस्व लक्ष्य पाएकोमा रु ८ अर्ब ५९ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । लक्ष्य नपुगे पनि साउन महीनाको तुलनामा करीब रु १ अर्ब बढी राजस्व सङ्कलन भएको हो । साउनमा वीरगंज भन्सारले शुरूमा रु ११ अर्ब ४२ करोड ७४ लाख राजस्व लक्ष्य पाएकोमा पछि राजस्व लक्ष्य घटाएर अर्थ मन्त्रालयले रु ६ अर्ब ४२ करोड ७४ लाख राजस्व निर्धारण गरेको थियो ।
साउनमा वीरगंजमा कोरोना सङ्क्रमण समुदायस्तरमा पैmलिएपछि उद्योग, बजार, बैंक सबै बन्द हुँदा वीरगंज भन्सारको आयात–निर्यात पनि प्रभावित हुँदै राजस्व सङ्कलन पनि न्यून भएको थियो । साउनमा वीरगंज भन्सारले रु ७ अर्ब ७४ करोड ८१ लाख राजस्व सङ्कलन गरेको थियो । यो संशोधित लक्ष्यको १२१ प्रतिशत हो ।
वीरगंज भन्सारले चालू आवको लागि गत आवभन्दा रु १६ अर्ब कम अर्थात् रु १ खर्ब ७२ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ । गत आवमा वीरगंज भन्सारको १२ महीनाको कुल राजस्व लक्ष्य रु १ खर्ब ८८ अर्ब तोकिएको थियो । त्यसैगरी, वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत भदौ मसान्तमा रु ३ अर्ब १२ करोड राजस्व लक्ष्य पाएकोमा रु २ अर्ब ५१ करोड राजस्व सङ्कलन गरेको थियो ।
श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पूर्वेका अनुसार गत साउनमा बन्दरगाह भन्सार कार्यालयले रु १ अर्ब ७८ करोड राजस्व लक्ष्य पाएकोमा रु १ अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको थियो । भन्सार कार्यालयले साउनभन्दा भदौमा लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन गरे पनि साउनको सङ्कलित राजस्वभन्दा रु ७३ करोड बढी राजस्व सङ्कलन गर्नुमा मालसामानको आयातमा वृद्धि भएको उनको दाबी छ । भदौमा मात्र दुवै भन्सारको राजस्व सङ्कलन गणना गर्ने हो भने रु ११ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको देखिन्छ । जबकि साउनमा दुवै भन्सारको कुल सङ्कलित राजस्व सवा ९ अर्ब रुपैयाँभन्दा बढी थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्