पर्सा, बारा र सर्लाहीका २० जना सङ्क्रमित थप

0
18

प्रस, वीरगंज, ८ असोज/
नारायणी अस्पतालको प्रयोगशालाले बुधवार राति जारी गरेको पिसिआर र जिन एक्सपर्ट विधिबाट गरिएको परीक्षणमा बीसजनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले पर्साका ११, बाराका ८ तथा सर्लाहीका एकजनामा सङ्क्रमण पुष्टि भएको बताए । पिसिआरबाट वीरगंज–२, ९ र २२ का १/१ जना, वडा नं १८ का दुईजना र वडा नं ३ का तीनजनामा सङ्क्रमण पुष्टि भएको बताए ।
यसैगरी, पिसिआरबाट बाराका तीनजना र जिन एक्सपर्टबाट पाँचजना गरी आठजनामा पुष्टि भएको छ भने सर्लाहीमा जिन एक्सपर्ट विधिबाट एकजनामा सङ्क्रमण पुष्टि भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्