पर्सागढी नगरपालिकाका दलितहरू वर्षाको कारण पनि समस्यामा

0
16

प्रस, पर्सागढी, ८ असोज/
लगातार तीन दिनको वर्षाको कारण पर्सागढी नगरपालिकामा रहेका दलितहरूलाई समस्या भएको छ ।
पर्सागढी नपामा रहेका दलित समुदायका मानिसको घर प्रायः खरको छ । पानीले खरका घरहरूलाई क्षति पु-याएको छ । लकडाउन, निषेधाज्ञामा रोजगार गुम्दा दुई छाक खाने समस्यासँग जुधिरहेका दलितहरू झरीले गर्दा घरको समस्या पनि झेलिरहेका छन् ।
विगतका वर्षहरूभन्दा यस वर्ष बढी वर्षा भएको छ । पर्सागढी नपा–४ बकनेर्वामा दलित समुदायको बसोबास छ । अहिले उनीहरूलाई झरीको कारण फुसको घरमा समस्या भएपछि राहतमा पाएको त्रिपाल टाँगेर ओत लागेका छन् । यसैगरी, लगातारको पानीले नगरपालिकाका विभिन्न स्थानका सडकहरूलाई क्षति पु-याएको छ । कच्ची, ग्रेभल सडकलाई लगातारको झरीले कटान गर्दैछ । पानी केही दिनसम्म निरन्तर पर्ने मौसम विभागले जनाएको छ । यही अवस्था रह्यो भने यसअघि वर्षात्मा भएको सडक सम्पर्क पुनः विच्छेद हुन सक्छ । अहिले नै केही वडामा आवतजावतका लागि समस्या भएको स्थानीयले बताए । सडक हिलाम्मे भएकोले वडा नं ३, ४, ५ र ८ मा हिंड्डुलमा समेत समस्या भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्