जनकपुरमा वैकल्पिक कक्षा सञ्चालनको तयारी

73

 
प्रस, जनकपुरधाम, ८ असोज/
    जनकपुरधाम उपमहानगरपालिकाले वैकल्पिक शिक्षामार्पmत् सामुदायिक विद्यालयहरूमा पठनपाठन शुरू गर्न तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
    उपमहानगरपालिका क्षेत्रमा ५२ वटा सामुदायिक विद्यालय छन् । सबैमा वैकल्पिक माध्यमद्वारा अध्यापन गराउनका लागि कार्ययोजना निर्माण भइसकेको र शिक्षा शाखामा पेश गर्नका लागि निर्देशन दिइएको उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्रले बताइन् ।
    उपमहानगरपालिकाको वैकल्पिक शिक्षामार्फत अध्यापन गराउने कार्ययोजना यही साताभित्र पेश गरिसक्नुपर्ने सीमा तोकिएको छ । पालिकाबाट कार्ययोजना स्वीकृत भए लगत्तै अनलाइन कक्षा शुरू हुने उपप्रमुख मिश्रले बताएकी छन् ।
    उपमहानगरपालिकाको ग्रामीण वडाहरूमा वैकल्पिक सिकाइ चुनौतीपूर्ण भएपनि प्रयास गर्दा सफल हुनेमा आफू विश्वस्त रहेको उपप्रमुखको धारणा छ । उपमहानगरका कतिपय ग्रामीण वडाहरूमा इन्टरनेट पहुँच नभएकाले त्यहाँका विद्यार्थीलाई वैकल्पिक शिक्षामा कसरी समेट्न सकिन्छ भन्नेबारेमा सुझाव सङ्कलन गरिएको र सो कुरा कार्ययोजनामा उल्लेख भएर आउने उपमहानगरका शिक्षा शाखा अधिकृत अञ्जु पाण्डेले बताइन् ।
    जनकपुरका संस्थागत विद्यालयहरूले भने दुई महीना पहिलेदेखि नै अनलाइन कक्षा शुरू गरिसकेका छन् । उनीहरू अब पहिलो त्रैमासिक परीक्षाको तयारीमा जुटेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्