जीवन सामान्यतर्फ

65

    अब सरकारले पनि कोरोनाबाट पार पाउने नदेखेर जनजीवन सामान्य बनाउने पहल शुरू गरेको छ। नेपालमा यसै पनि कोरोनाको प्रकोप उग्र छैन, जति अन्य देशहरूमा देखिएको छ। कोरोना महामारी शुरू भएको दिसम्बरदेखि आज अक्टुबरको पहिलो हप्तासम्म नेपालमा यस महामारीबाट ४२९ जनाको मृत्यु भएको छ। उदेकलाग्दो कुरा के छ भने कोरोना सङ्क्रमणबाट जति मानिसको मृत्यु भएन, त्योभन्दा बढी कोरोनाजन्य प्रभावले मानिसहरूको मृत्यु भयो। कोरोनाले गर्दा सरकारले जथाभावी लामो समयसम्म बन्दाबन्दी तथा त्यसमा कडाइ गर्दा कोही अवसादमा परेर, कोही खान पाएर तथा कोही विषम परिस्थिति सहन नसकेर आत्महत्या गरे। अहिले पनि कोरोना सङ्क्रमण जारी छ र विश्व स्वास्थ्य सङ्गठनले त आउँदो हिउँदमा यसको प्रचण्ड रूप देखा पर्ने चेतावनी नै दिएको छ। तर पनि नेपालमा अब जनजीवन सामान्य लयमा फर्कन थालेको छ। सरकारी कार्यालयहरू खुलेका छन्, हाट–बजार जान अब पहिलेजस्तो बन्देज र सुरक्षाकर्मीको लाठो खाने भय छैन, सार्वजनिक सवारीसाधनहरू पनि सशर्त गुड्न र उड्न थालेका छन्।
    धेरै ढिलो गरी सरकारले यस तथ्यलाई स्वीकार ग–यो कि कोरोना बन्दाबन्दीले मात्र नियन्त्रण गर्न सकिंदैन। सरकारी बन्दाबन्दीमा धेरै अनियमितता भएका छन्। कोरोना नियन्त्रणका नाममा स्वास्थ्य–सुरक्षा–सामग्रीमा ब्रह्मलुट मचाइयो। कहिल्यै नसुनिएको मुनाफाखोरी गरेर कोरोनाको औषधि बेचियो। कोरोनाको नाममा परम्परागत अन्तिम संस्कारजस्तो पवित्र कार्यमा विडम्बना सिर्जना भयो। देशको अर्थतन्त्र अधोगतितिर लाग्यो, तर किन हो प्रधानमन्त्रीले चाहिं नेपालको अर्थतन्त्र गतिशील रहेको, निर्माण विकासको काम भइरहेको बताइदिए। जबकि कोरोनाजस्तो महामारीबाट जीवनरक्षाको लागि विभिन्न मुलुकबाट देश फर्केका नेपाली, देशकै शिर निहुरिने गरी यहाँ खान नपाएर, आजीविका उपार्जन गर्न नसकेर पुनः कोरोनाको भट्टीमा होमिन विदेशतिरै लागे। जीवनको गतिलाई केहीले रोक्न सक्दैन। यसको गतिलाई जोर–जबरजस्ती बाधित गर्दा जुन समस्या आइलाग्छ, त्यो वर्तमान समस्याभन्दा भारी हुन्छ। जीवनको गति भनेको मानिसको आजीविका, आवागमन, जनसम्पर्क, भौतिक र मानसिक विकास हो। यसमा लामो समयसम्म व्यवधान पुग्ने कुनै नियन्त्रण ग्राह्य हुन सक्दैन। अहिले जेजति सङ्क्रमण देखिएको छ, त्यो अविवेकपूर्ण नियन्त्रणले गर्दा नै हो।
    यस्तो भनिरहँदा सरकार मात्र सर्वथा दोषी र नागरिक चोखो भन्ने पनि होइन। नागरिक सतर्क रहने र सरकार रोगको उपचारमा सक्षम बन्ने हो भने बन्दाबन्दी पूर्णतः  समाप्त गरिदिंदा पनि कोरोनाबाट जीवनरक्षा सम्भव छ। नागरिकले सुरक्षाको हरसम्भव उपाय प्रयोग गर्नुपर्छ। आफैं सचेत हुनुपर्छ, अरूलाई सचेत गराउनुपर्छ। सरकारको काम भनेको त्यति गर्दा पनि सङ्क्रमण हुन्छ भने रोगीको पूर्ण देखभाल गर्ने हो। यस महारोगको कुनै औषधि नभएकोले हाललाई रोग लागेपछि यथास्थितिमा रोक्ने, बढी फैलन नदिने मात्र हो। समयक्रममा रोगीमा रोग प्रतिरोधक क्ष्Fमता विकसित हुन्छ र रोग हराउँछ। हो, यो प्रक्रिया ती व्यक्तिमा लागू हुँदैन, जसको शरीरमा रोग प्रतिरोधक क्ष्Fमता न्यून भइसकेको छस वार्धक्यले गर्दा, कुनै दीर्घरोगले शरीरलाई पहिले नै खोक्रो बनाइसकेको अवस्था छ भने। यसर्थ नागरिक र सरकारले आआफ्नो दायित्व मात्र पूर्ति गर्ने हो भने रोग रहिरहे पनि मानिस बाँचिरहन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्