करेन्ट लागेर मृत्यु

56

प्रस, सर्लाही, ७ असोज/
    सर्लाही हरिपुर्वा नगरपालिका वडा नं ३ धनकौलमा बुधवार बिहान करेन्ट लागेर एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने वर्ष ५५ को कपिलदेव राय रहेको प्रहरीले जनाएको छ।
    भोला बाबाको मन्दिर प्राङ्गणमा रहेको चापाकलमा नुहाउने क्रममा सोही कलमा जडान गरिएको पानी तान्ने मोटर चालू रहँदा रायलाई करेन्ट लागेको प्रहरी अनुसन्धानबाट देखिएको छ। करेन्ट लागेर गम्भीर घाइते उनलाई जिल्ला अस्पताल मलङ्गवातर्फ लैजाने क्रममा बाटोमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रनाउ मदन कुँवरले जानकारी दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्