१९ जना सङ्क्रमित थपिए

0
28

प्रस, वीरगंज, ६ असोज/
    नारायणी अस्पतालको प्रयोगशालाले सोमवार बेलुकी पिसिआर र जिन एक्सपर्ट प्रविधिबाट १९ जनामा सङ्क्रमण पुष्टि गरेको छ।
    बाराका १२ जना र पर्साका ७ जना गरी १९ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। वीरगंज–१, ८, १४ मा चारजना, दुईजनाको वडा नखुलेको र एकजना सखुवाप्रसौनी वडा नं. २ को सङ्क्रमित भएको प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी गराएका छन्।
    जिन एक्सपर्ट परीक्षणबाट वीरगंज–८ गहवाका एकजना सङ्क्रमित भएका छन्। बारा र पर्साका ३ सयजनाको स्वाब नमूना परीक्ष्Fण गर्दा १८ जनामा पिसिआरबाट र एकजनामा जिन एक्सपर्टबाट सङ्क्रमण पुष्टि भएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्