जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड नवीकरण सेवा शुरू

0
22

प्रस, जनकपुरधाम, ६ असोज/
    सञ्चारकर्मीले सूचना विभागबाट पाउने प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण सेवा मङ्गलवारदेखि जनकपुरबाट शुरू भएको छ। धनुषाका सञ्चारकर्मीहरूको प्रेसकार्ड नवीकरण जिल्ला हुलाक कार्यालय जनकपुरबाट शुरू भएको हो।
    नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रिन्टर मेशिन जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गर्दै प्रेस प्रतिनिधि कार्ड नवीकरण शुरू गरिएको औपचारिक घोषणा गरियो।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणको अधिकार हुलाक कार्यालयलाई दिएको निकै समय भएपनि प्रिन्टर मेशिनको अभावमा सेवा शुरू हुन सकेको थिएन। महासङ्घले मेशिन उपलब्ध गराएपछि सहज भएको जिल्ला हुलाक कार्यालय धनुषाका प्रमुख रामउद्गार अधिकारीले बताए।
    प्रेस प्रतिनिधि कार्ड नवीकरण सेवा उद्घाटन कार्यक्रममा धनुषास्थित जानकी साप्ताहिकका सम्पादक एवं जिल्लाका अग्रज पत्रकार मदनलाल श्रेष्ठको कार्ड नवीकरण गरेर सेवा प्रारम्भ गरिएको थियो। कार्ड नवीकरणको लागि सञ्चारकर्मी काठमाडौं धाउनुपर्ने समस्या अब अन्त्य भएको छ। तर नयाँ प्रमाणपत्र बनाउनका लागि भने काठमाडौं नै जानुपर्ने हुलाक कार्यालय प्रमुख अधिकारीले बताए। उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव किरण कर्ण, महासङ्घ धनुषाका कोषाध्यक्ष अवधेश कामतलगायत धनुषाका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्