गाँजासहित तीनजना पक्राउ

0
34

प्रस, मकवानपुर, ६ असोज/
    मकवानपुरको मनहरी गाउँँपालिका वडा नं ६ स्थित लोथर खोलाबाट गाँजासहित मङ्गलवार बिहान तीनजना पक्राउ परेका छन्।
    पिठ्यूँमा बोरा बोकी हिंडिरहेका तीनजनालाई प्रहरीले  शङ्काको आधारमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेकाहरूबाट १०४ किलो गाँजा बरामद भएको हो। पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँँपालिका वडा नं ९ बस्ने २६ वर्षीय कपिल भन्ने रूप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँँपालिका वडा नं ४ का २७ वर्षीय मदन कोइराला रहेको प्रहरीले जनाएको छ। सो गाँजा पर्सा राष्ट्रिय निकुञ्जको जङ्गल आसपासको बस्तीमा भण्डार गरिराख्ने र रातको समयमा जङ्गलपार गरी पर्सा जिल्लामा पु–याउने योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरू गाँजा बोक्ने भरिया भएकाले उनीहरूको सम्पर्कमा रहेका मकवानपुर एवं पर्सास्थित नाइकेहरूको बारेमा अनुसन्धान भइरहेको अनुसन्धानमा खटेका प्रहरी अधिकारीले नाम नछाप्ने शर्तमा प्रतीकलाई बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्