स्थानीयवासीले सडकको झार सफाइ गरे

102


प्रस, बिरुवागुठी, ५ भदौ/
    पर्सागढी नगरपालिका–३ बडनिहार र ओरैयाबीचको जनता सडकखण्डमा स्थानीयले सफाइ गरेका छन्।
    सो सडकखण्डको दायाँबायाँ झार उम्रेर सवारीसाधनहरू दुर्घटना हुन थालेपछि स्थानीयले सफाइ गरेका हुन्। स्थानीय टीकाराम आचार्यले नगरपालिका, वडा कार्यालयलाई सफाइको लागि आग्रह गरिएको तर नभएपछि टोलवासीहरू नै सफाइमा लागेको बताए। अहिले सो सडकखण्डमा बिहानदेखि महिला, पुरुषहरू झारको सफाइमा लागेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्