राहत वितरण

0
35

प्रस, रौतहट, ५ असोज/
    रौतहट च्यारिटेबल कमिटीले दुर्गा भगवती गाउँपालिका–४, मुसहर टोलमा राहत वितरण गरेको छ। रौतहट च्यारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रतिपरिवार १५ किलो चामल, १ लिटर तेल, १ किलो दाल र १ किलो नून वितरण गरिएको रौतहट च्यारिटेबल कमिटीले जनाएको छ।
    यसैगरी, यमुनामाई गाउँपालिकाको ५ परिवारलाई प्रतिपरिवार सोही अनुसार राहत वितरण गरेको उपाध्यक्ष राहुल मिश्रले बताए। अहिलेसम्म रौतहटको मत्सरी, पचरूखी र माधवनारायण नगर पालिकाका अतिविपन्न परिवारलाई राहत वितरण गरिसकेको सचिव यादवले बताए। रौतहट, सर्लाही, महोत्तरी र धनुषाका ४ सय परिवारलाई प्रतिपरिवार सोही परिमाणमा राहत वितरण गरेको कमिटीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्