दायित्वबाट फरार

0
16

    वीरगंजमा अहिले सबैतिर सामान्य जीवन फर्केर आएजस्तो देखिएको छ। सरकारले कोभिड–१९ को नियन्त्रण गर्न अँगालेका विभिन्न उपायहरूमध्ये एउटा क्षेत्र निर्धारण पनि हो। जुन क्षेत्रमा केही दिनसम्म कोभिड–१९ सङ्क्रमितको दर शून्य रहन्छ, त्यस क्ष्Fेत्रलाई ग्रीन जोन अर्थात् निरापद ठाउँ मानिन्छ। यता एक हप्तादेखि वीरगंज वा पर्सामा  कोही व्यक्ति कोभिड–१९ को सङ्क्रमणमा परेको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छैन। सहजरूपमा यस अवस्थालाई जिल्लाबाट कोभिड–१९ निर्मूल भएको वा प्रभावरहित भएको मानिन्छ। तर के वास्तविकता त्यही हो ? एउटा संवेदनशील प्रश्न उब्जिएको छ। तर यो कदापि होइन। भारतसँग सर्वाधिक सम्पर्कको नाका भएको यो जिल्ला कसरी कोरोनामुक्त हुन सक्छ ? जबकि भारत कोरोनाको प्रकोपस्तरमा विश्वमा तेस्रो मुलुक बनेको छ। त्यहाँ झन्डै असी हजार मानिसको यस महामारीको चपेटमा परेर मृत्यु भइसकेको छ। भारतसँग नेपालको रोटी–बेटीको सम्बन्ध छ। यसको अर्थ खुला सीमा रहेको भारत–नेपालबीच आवागमन रोक्ने न प्रशासनिक तगारो छ, न भावनात्मक।
    भारतमा कोरोनाबाट त्रसित बनेका नेपाली ज्यान जोगाउन आफ्नै देश फिरे पनि, खान नपाएर भोकै मर्नुको साटो भारत गएर कमाउँदै मर्नु बेस ठानेर भारत फर्कंदै गरेको अवस्थामा कसरी कुनै जिल्ला, त्यो पनि सीमान्त क्षेत्र कोरोनामुक्त हुन सक्छ ? तर सरकारले त आफ्नो तथ्याङ्कमा जिल्लामा सङ्क्रमण थपिएको भनेर एकजना पनि उल्लेख गरेको छैन। यसको स्पष्ट कारण हो–यस जिल्लामा केही हप्तादेखि कोरोना (कोभिड–१९)को परीक्षण नै गरिएको छैन। परीक्ष्Fण नगर्दा सङ्क्रमण छ भन्ने कुरा थाहै हुँदैन। थाहा नभएको चोर साधु भन्ने त उखानै छ। परीक्षण नग–यो र सङ्क्रमण छैन भनेर आफ्नो पिठ्यूँमा आफैं धाप मार्ने ‘भगुवा’ चाल हो सरकारको। सरकारले अपराध गरेर सजायको डरले भागेको मानिसलाई ‘फरार’ घोषित गर्दछ। यसर्थ परीक्षण गर्ने दायित्व पूरा नगरेर जनताप्रति अपराध गरेको हुँदा सरकारलाई ‘दायित्वबाट फरार’ भन्न किन नमिल्ने ? त्यसैले अचेल वीरगंजको बजार गुलजार भएको छ, मानिस–मानिसबीच हातेमालो मात्र होइन, अङ्गमालको आनन्द बहाल भएको छ।
    कुरा एक किसिमले उचित पनि हो। जब सरकार रोगको उपचार गर्नै सक्दैन, नियन्त्रणको नाममा लाठो चलाउनुबाहेक सिन्को भाँच्न सक्दैन, लाठोको डरले जनता भोकभोकै डल्लिएर आत्महत्याजस्तो आत्मपीडक पाइला चाल्न विवश हुन्छ भने कोरोनाले नै मर्दा के आपत्ति ? यसै पनि रोगले मर्दा अकाल मृत्युमात्र भनिन्छ, लोक बिग्रेको भनिन्छ, तर आत्महत्या त लोक र परलोक दुवै बिगार्ने कृत्य हो। देशमा सरकार छ तर त्यो सत्तामा बस्नेहरूका लागि मात्र। त्यसैले त सरकारमा बस्नेहरूले आफ्नो मानिस बहाली गर्न देशलाई गुन लगाएको असल–कुशल प्रशासकहरूलाई गलहत्याएर निकालिरहेका छन्। हिन्दू संस्कारले भन्दछ उच्छिष्ट पदार्थ खानुहुँदैन। उच्छिष्ट अर्थात् जूठो, नकार गरिएको। नकार गरिएकोलाई नकारा भनिन्छ। जनताले नकार गरेको। जनताले उच्छिष्ट ठानेको। उच्छिष्टलाई यस्तो ठानिन्छ, जसविना सरकारको काम चल्नै सक्दैन। यस्तो बुद्धिभ्रष्टता अँगालेको सरकारबाट परीक्ष्Fण हुन्छ र सङ्क्रमणबाट जोगिन्छ भन्ने आस निरर्थक नै हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्