ग्रीन सिटीद्वारा फूटपाथ अतिक्रमणमुक्त

0
15

प्रस, वीरगंज, ५ भदौ/
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले सचेतना कार्यक्रमसहित फूटपाथ अतिक्रमण खाली गराएको छ।
ट्राफिक प्रहरीले आदर्शनगर चोकदेखि कैलाश चोकसम्म मोटरसाइकल पार्किङमा निषेध गरेपछि सो क्षेत्रको फूटपाथमा मोटरसाइकल राख्ने क्रम बढेको थियो। सोमवार २५ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाई गरेको थियो। यसैगरी, फूटपाथमा हिंड्ने बटुवाहरूले मास्क नलगाएकोमा करीब सयजनालाई चेतावनी दिइएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए। उनले आज २ सय सचेतनामूलक पम्पलेट वितरण गरिएको बताए।
निषेधाज्ञासँगै वीरगंज बजार खुलेपछि चहलपहल बढेको र मानिसहरू कोरोना सङ्क्रमणप्रति लापर्बाह बन्दै गएपछि सचेतना कार्यक्रम गरिएको अध्यक्ष खेतानले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्