एम्बुलेन्स बिग्रिएर सडकमा अलपत्र

0
18


प्रस, पर्सागढी, ५ असोज/
    पर्सागढी नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स दुई दिनदेखि बिग्रिएर जनता सडकमा अलपत्र अवस्थामा छ।
    असोज ४ गते वीरगंजबाट पर्सागढी जाने क्रममा एम्बुलेन्स वीरगंज महानगर–३२ टेढास्थित जनता सडकमा बिग्रिएको थियो।
    एम्बुलेन्स बिग्रिएको बारेमा चालक राजु चौधरीले प्रशासन शाखा प्रमुख रामदरश रायलाई अवगत गराएका थिए। स्वास्थ्य शाखा प्रमुख उमेश साह अस्वस्थ भएर घरमा बसेकाले स्वास्थ्यसम्बन्धी काम हेरिरहेका रायलाई जानकारी गराए पनि एम्बुलेन्स बनाउनेतर्फ चासो देखाइएको छैन। प्रशासन प्रमुख रायले एम्बुलेन्स सेवा बागवन्ना स्वास्थ्य चौकीबाट सञ्चालित भएकोले स्वास्थ्य शाखासँग सम्पर्क गर्नुपर्ने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्