वडावासीद्वारा जनप्रतिनिधिको ध्यानाकर्षण

0
17

प्रस, पंचगावाँ, ४ असोज/
    पटेर्वासुगौली गाउँपालिका–५ का वडावासीहरूले स्थानीय जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएका छन्।
    वडाका महिला, पुरूषहरू सहभागी भएर वडाका विकास योजनाको छनोट स्थानीय भावनाअनुरूप हुनुपर्ने भन्दै गापामा गएर जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएको स्थानीय मुक्तिप्रसाद साहले बताए। वडाको मनिहर्वाटोल र दलितबस्तीको सडक ढलान हुनुपर्ने उनीहरूले माग गरे।
    यसैगरी, अतिविपन्न वर्गको नामावली सङ्कलन मनपरी तरीकाले नगरेर वास्तविक विपन्नहरूको नाम खुला र पारदर्शीरूपमा छनोट गरिनुपर्ने उनीहरूले माग राखेका थिए। उनीहरूले गापा उपाध्यक्ष ममता महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव र वडाध्यक्षहरूलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। उपाध्यक्ष महतोले टोलवासीहरूको समस्या बुझेर बुधवार सोबारे छलफल गर्ने र जायज मागलाई तुरुन्त सम्बोधन गर्ने आश्वासन दिइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्