५२ जना सङ्क्रमित थप

0
17

प्रस, वीरगंज, ३ असोज/
नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा शुक्रवार राति ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा १९२ वटा स्वाब नमूना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले सङ्क्रमित ४ महीनाको शिशुदेखि ६८ वर्ष उमेरसम्मका रहेको बताए । बाराका ४५, पर्साका ६ र सर्लाहीका १ गरी ५२ जना सङ्क्रमित भएको उनले जानकारी गराए । वीरगंजस्थित बाल सुधारगृहका ३
जना, वीरगंज–३ र १९ का १/१ जनामा सङ्क्रमण देखिएको छ भने अर्का एकजना सङ्क्रमितको वडा खुलेको छैन ।
बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीका ८ जना, सोही गापाको अस्थायी प्रहरी चौकीका १ जना र सुखीपठारका २ जना र श्रीपुरका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी, कलैया उपमहानगरपालिकाका ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सर्लाहीका एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्