१ महिलासहित ७० जनाद्वारा रक्तदान

0
22

प्रस, वीरगंज, २ असोज/
    वीरगंज महानगर–१९ विन्दवासिनी मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित ७० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी, पर्साका शाखा प्रमुख उदयराज शर्माले बताए।
    विन्दवासिनी युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए।
कार्यक्रममा रूपा क्षत्री, सन्तोष कुमार, धर्मेन्द्र गुप्ता, भागीरथ साह, असलम आलम, बृजकिशोर प्रसाद, अमित कलवार, विवेक मिश्र, विकाश गुप्ता, महेन्द्र कुमार, सुभाष साहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्