सिम्रौनगढमा भारतीय साना व्यापारीको बिगबिगी

0
34


प्रस, सिम्रौनगढ, २ असोज/
    बारा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सिम्रौनगढ बजारमा भारतीयहरूको प्रवेश शुरू भएको छ।
    निषेधाज्ञा अवधिमा सीमा सुरक्षामा कडाइ भएको कारण लुकीछिपी आउने भारतीयहरू अहिले निषेधाज्ञा खुकुलो भएसँगै खुलेआम प्रवेश गरिरहेका छन्। सिम्रौनगढ बजारमा फलफूल, बरफ, सुर्ती, कपडा, कबाडको सामान, पारचुनका सामानलगायतको बिक्री गर्नेहरू बढेका छन्। उनीहरू सबै भारतीय हुन्।  निषेधाज्ञामा भारतबाट आउने यस्ता व्यापारीहरू देखिन छाडेका थिए। सीमावर्ती सिम्रौनगढ बजारमा ४० जनाभन्दा बढी भारतीय व्यापारीको पसल छ। ती पसलहरू पनि अहिले खुलेका छन्।
    यसअघि, भारतीय व्यापारीहरू लुकीछिपी आउने गरेका थिए। अहिले उनीहरूको प्रवेश सहज भएको छ। सीमामा रहेका भारतीय एसएसबी र नेपाली सशस्त्र प्रहरीले उनीहरूको प्रवेश रोक्न खासै पहल गरेको देखिंदैन।
    अहिले व्यापारीसँगै भारतबाट सिम्रौनगढमा मदिरासेवन गर्न आउनेहरूको सङ्ख्या पनि बढेको छ।
साँझपख सिम्रौनगढको सीमा क्षेत्रमा रहेका मदिराभट्टीहरूमा भारतीयहरूको भीड बढेको छ।     

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्