अग्रपङ्क्तिमा काम गर्ने आठजना सम्मानित

0
19

प्रस, वीरगंज, २ असोज/
    समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले सङ्क्रमणको क्रममा अग्रपङ्क्तिमा रहेर काम गरेकामध्ये सफाइकर्मी, एम्बुलेन्स चालक र औषधि सेवा सञ्चालन गरेकासमेत गरी ८ जनालाई नगदसहित सम्मान गरेको छ।
    जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित सम्मान कार्यक्रमकी प्रमुख अतिथि प्रहरी उपरीक्षक गङ्गा पन्तले सरसफाइमा कार्यरत वीरगंज महानगरपालिकाका सर्पुmद्दीन मियाँ, अमिन मियाँ, राजेशकुमार क्षत्री, एम्बुलेन्स चालक समसुल मियाँ, रमेश पण्डित, मोमताज अन्सारी र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र  आदर्शनगरका विजय यादव, लालुमाया महतोलाई जनही रु ३ हजार १ सयसहित सम्मान गरेकी थिइन्।
    वीरगंज महानगरका सफाइकर्मीहरूले सङ्क्रमणमा अग्रपङ्क्तिमा रहेर सफाइ गरेको, एम्बुलेन्स चालकहरूले सङ्क्रमण भएर मृत्यु भएकाहरूको शव ढुवानी गरेको र वीरगंजमा नपाउने औषधि भारतको रक्सौलबाट मगाएर सेवा दिएकाले आठैजनालाई सम्मानित गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष्F प्रकाश खेतानले बताए।
    कार्यक्रमकी प्रमुख अतिथि प्रउ पन्तले सङ्क्रमणमा अग्रपङ्क्तिमा रहेर काम गरेकाहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताइन्। उनले सङ्क्रमणको बेलामा सबैले आआफ्नो मनोबल उच्च राख्नुपर्ने बताइन्। जोखिम उठाएर काम गर्नेहरूलाई समाजले सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
    कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, प्रदेश २ का सदस्य जगत राई, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्